– रक्षा मन्त्रालयद्वारा अग्निवीरका लागि तटरक्षक र रक्षा पीएसयुहरूमा 10 प्रतिशत आरक्षणको घोषणा
– प्रथम वर्षमा अग्निवीरको भर्तीका लागि आयुमा दुई वर्षको छूट
– अग्निवीरका लागि गृह मन्त्रालयले सीएपीएफ र आसम राइफल्समा 10 प्रतिशत आरक्षण दिने
– राज्य सरकारहरूद्वारा राज्य पुलिसको भर्तीमा अग्निवीरलाई प्राथमिकता दिने घोषणा
– सीएपीएफ र आसम राइफल्समा भर्तीको निम्ति गृह मन्त्रालयले निर्धारित आयु सीमाभन्दा तीन वर्षको छूट दिने
– अग्निवीरका लागि भारतीय नौसेनाद्वारा मर्चेन्ट नेभामा रोजगारको अवसर, सामेल गर्न 6 वटा नयाँ सेवाको घोषणा
– दसौं उत्तीर्ण अग्निवीरका लागि राष्ट्रिय मुक्त विद्यालय संस्थानले बाह्रौं उत्तीर्णको प्रमाण पत्र प्राप्त गर्न विशेष पाठ्यक्रम शुरु गर्ने
– शिक्षा मन्त्रालयले अग्निवीरद्वारा सेवाकालमा प्राप्त प्रशिक्षणलाई स्नातकको निम्ति क्रेडिटको रूपमा स्वीकार गर्ने
– इग्नूले अग्निवीरलाई नागरिकको करिअर अघि बढाउन विशेष पाठ्यक्रम प्रदान गर्ने
– अग्निवीरलाई उद्यमिता र लोक सेवामा अवसरको निम्ति कौशल भारतको प्रमाणपत्र प्रदान गरिने
– उपयुक्त क्रेडिटको माध्यमद्वारा सार्वजनिक क्षेत्रका ब्याङ्क, बीमा कम्पनी अनि वित्तीय संस्थानले सहयोग गर्ने
– करपोरेट जगतद्वारा अग्निपथ योजनाको स्वागत, सेवा पूरा गरेपछि अग्निवीरहरूलाई भर्ती गर्ने इच्छा व्यक्त
नयाँ दिल्ली, 19 जून। भारत सरकारले सशस्त्र बलमा अग्निपथ भर्ती योजना अन्तर्गत केही दिनदेखि चलिरहेका शङ्का आशङ्काबीच अग्निवीरहरूलाई सहयोग सुनिश्चित गर्न कैयौं लाभकारी अनि समर्थनकारी उपायको घोषणा गरेको छ। भारत सरकारको गृह मन्त्रालयका साथमा कैयौं राज्य सरकारले सेनामा चार वर्षको सेवापछि अग्निवीरहरूलाई पुलिस बलमा निक्लिने रिक्त पदहरूमा प्राथमिकता दिने घोषणा गरेका छन्। यसका साथै कैयौं विभागले पनि अग्निवीरहरूको क्षमता बढाउन र उनीहरूका लागि उज्ज्वल भविष्य सुनिश्चित गर्न अग्निपथ योजनाको समर्थन गरेका छन्। उनीहरूका कौशललाई बढाउँदै अग्निवीरहरू पूर्ण प्रशिक्षित साथै बढी अनुशासित युवा बललाई राष्ट्र निर्माणको निम्ति दोहन गर्नसकिने र उनीहरू समाजको सम्पत्ति बन्ने पनि आशा व्यक्त गरिएको छ।
तट रक्षक तथा रक्षा पीएसयुहरूमा आरक्षण
केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहले रक्षा मन्त्रालयमा अग्निवीरहरूका लागि 10 प्रतिशत रोजगारमा आरक्षण प्रदान गर्ने घोषणा गरेका छन्। यो आरक्षण भारतीय तटरक्षक अनि सैन्य पदका साथमा सबै 16 वटा रक्षा सार्वजनिक क्षेत्र उपक्रममा (एचएएल, बीईएल, बीईएमएल, बीडीएल, जीआरएसई, जीएसएल, एचएसएल, एमडीएल, मिधानी, एभीएनएल, एडब्लुईआइएल, एमआइएल, वाईआइएल, जीआइएल, आइओएल, टीसीएल) कार्यान्वयन गरिनेछ। यी प्रावधानको कार्यान्वयनका लागि नियमहरूमा आवश्यक संशोधन गरिनेछ। रक्षा सार्वजनिक क्षेत्र उपक्रमहरूलाई पनि भर्ती नियममा आवश्यक संशोधन गर्न निर्देशित गरिनेछ। माथि उल्लेखित पदहरूमा भर्तीका लागि उमेरमा आवश्यक छूटको प्रावधान गरिनेछ।
प्रथम वर्षको भर्तीमा आयु सीमामा छूट
सरकारले अग्निवीरहरूको भर्तीका लागि वर्ष 2022 को भर्ती चक्रमा माथिल्लो आयु सीममा छूट प्रदान गर्दै 21 देखि 23 वर्ष बनाउने घोषणा गरेको छ। विगत दुई वर्षमा भर्ती सम्भव नभएका कुरालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो। रक्षा मन्त्री राजनाथ सिंहले एउटा बयान जारी गर्दै रक्षा मन्त्रालय अनि सम्बद्ध सेवाहरू चाँडोभन्दा चाँडो भर्ना प्रक्रिया शुरु गर्न प्रतिबद्ध रहेको जनाएका छन्।
सीएपीएफमा भर्ती
गृह मन्त्रालयले केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ) र आसम राइफल्समा अग्निवीरका लागि 10 प्रतिशत भर्तीमा आरक्षण प्रदान गर्ने घोषणा गरेको छ। गृह मन्त्रालयले यसका अतिरिक्त सीएपीएफ र आसम राइफल्समा भर्तीको निम्ति निर्धारित आयु सीमाभन्दा तीन वर्षको छूट प्रदान गर्ने पनि घोषणा गरेको छ। अग्निवीरका प्रथम ब्याचको निम्ति आयु सीमाको छूट पाँच वर्षको रहने पनि गृह मन्त्रालयले ट्वीटका माध्यमद्वारा घोषणा गरेको छ।
मर्चेन्ट नेभीमा भर्ती
पोत, जहाजरानी तथा जलमार्ग मन्त्रालयका महानिर्देशकका साथमा भारतीय नौसेनाले अग्निवीरहरूलाई सुचारू रूपमा मर्चेन्ट नेभीमा भर्ती गर्ने प्रणालीको घोषणा गरेको छ।
मन्त्रालय अन्तर्गत अग्निवीरहरूलाई भारतीय नौसेनामा सेवापछि सुचारू रूपमा मर्चनेन्ट नेभीको विभिन्न भूमिकामा नियुक्त गर्न 6 वटा आकर्षक सेवाक्षेत्र पनि घोषणा गरेको छ। यसले अग्निवीरहरूलाई आवश्यक तालिम प्राप्त गर्नका साथमा नौसेनामा व्यापक अनुभव अनि पेशागत प्रमाणिकरणका साथ विश्वभरीको मर्चेन्ट नेभीमा सामेल हुन सक्षम बनाउनेछ। जहाजरानी, पोत तथा जलमार्ग सङ्गठनका महानिर्देशकले मुम्बईमा यी प्रावधानहरूको घोषणा गरे।
अग्निवीरहरूका लागि यी उपायमा भारतीय नौसेनामा स्तराङ्कनबाट मर्चेन्ट नेभीमा प्रमाणित स्तराङ्कन, भारतीय नौसेनामा ईलेक्ट्रिकल स्तराङ्कनबाट मर्चेन्ट नेभीमा प्रमाणित ईलेक्ट्रो टेक्निकल स्तराङ्कन, भारतीय नौसेनाबाट मर्चेन्ट नेभीमा प्रमाणित चौथो श्रेणीको एनसीभी सीओसीधारक तथा भारतीय नौसेनामा भान्सेबाट मर्चेन्ट नेभीमा प्रमाणित भान्सेका रूपमा नियुक्ति सुगम बनाउनेछ। भारतीय नौसेनाको माध्यमद्वारा माथिका कुनै पनि उपायमा अरू केही गर्न चाहने अग्निवीरहरूका लागि मन्त्रालयले आइएनडीओएस र सीडीसी जारी गर्नेछ। अग्निवीरका लागि गरिएका भारतीय नौसेनामा निम्नलिखित योग्यता भए वा सेवाकालमा प्राप्त गरेको स्थितिमा मेकानिकल वा ईलेक्ट्रिकल ईञ्जिनियरिङ डिप्लोमा वा ईलेक्ट्रनिक वा ईलेक्ट्रिकल विषयमा आइटीआइ ट्रेड सर्टिफिकेट डिप्लोमाको व्यवस्था पनि मन्त्रालयले गरेको छ।
दसौं श्रेणी उत्तीर्णका लागि राष्ट्रिय मुक्त विद्यालय संस्थानले (एनआइओएस) बाह्रौं उत्तीर्ण प्रमाणपत्रको व्यवस्था गर्ने
स्कूले शिक्षा एवं साक्षरता विभागले आफ्नो स्वायत्त संस्थान – राष्ट्रिय मुक्त विद्यालय संस्थानको माध्यमद्वारा रक्षा प्राधिकरणसँग परामर्श गरी दसौं उत्तीर्ण अग्निवीरहरूका लागि बाह्रौं श्रेणी उत्तीर्णको प्रमाणपत्र प्राप्त गर्न विशेष ताजा साथै सेवा क्षेत्रसँग सान्दर्भिक विशेष कार्यक्रम शुरु गर्ने घोषणा गरेको छ। उक्त प्रमाणपत्रको दुवै रोजगार अनि उच्च शिक्षाको निम्ति देशभरी मान्यता रहनेछ। यसले अग्निवीरहरूलाई पर्याप्त शैक्षिक योग्यता प्राप्त गर्न र समाजमा पछि गएर उत्पादनशील भूमिका खेल्न सहयोग गर्नेछ। एनआइओएसको विशेष कार्यक्रमले भर्ना, पाठ्यक्रमको विकास विद्यार्थीलाई सहयोग, स्व-अध्ययन सामग्रीको प्रावधान, अध्ययन केन्द्रहरूलाई मान्यता, व्यक्तिगत सम्पर्क कार्यक्रम, मूल्याङ्कन एवं प्रमाणिकरणलाई सुगम बनाउनेछ। एनआइओएसको मुक्त विद्यालय प्रणाली प्रयोगकर्ता मैत्री हुनका साथै कुनै पनि ठाउँबाट सबैको निम्ति सुगम रूपमा उपलब्ध हुनका साथै अग्निपथ योजना अन्तर्गत अग्निवीरहरूका लागि यसको ढोका सधैं खुल्ला रहनेछ।
शिक्षा मन्त्रालयद्वारा डिग्री कार्यक्रम
अग्निवीरहरूका भावी करिअरको सम्भावना बढाउनका साथऐ उनीहरूलाई लोकक्षेत्रमा विभिन्न रोजगारको निम्ति समर्थ बनाउन, शिक्षा मन्त्रालयले सेवारत रक्षाकर्मीका लागि विशेष तीन वर्षको कौशल आधारित स्नातक डिग्री कार्यक्रम शुरु गर्ने निधो गरेको छ, जसले रक्षा संस्थानमा उनीहरूको सेवाकालमा प्राप्त कौशल प्रशिक्षणलाई मान्यता दिनेछ।
इग्नूद्वारा विकसित एवं कार्यान्वयन गरिने यस कार्यक्रम अन्तर्गत स्नातक डिग्रीको निम्ति आवश्यक 50 प्रतिशत क्रेडिट अग्निवीरहरूद्वारा प्राप्त दुवै प्राविधिक एवं गैर प्राविधिक कौशल प्रशिक्षणबाट प्राप्त हुनेछ भने रहल 50 प्रतिशत भाषा, अर्थशास्त्र, राजनीतिक विज्ञान, लोक प्रशासन, समाज विज्ञान, गणित, शित्क्षा, वाणिज्य, पर्यटन, पेशागत शिक्षा, कृषि एवं ज्योतिषका साथमा पर्यावरण अनि अङ्ग्रेजीमा सम्पर्क कौशल जस्ता विविध विषयबाट प्राप्त गर्नसक्नेछन्।
यो कार्यक्रम राष्ट्रिय शिक्षा नीति, 2020 अन्तर्गत निर्दिष्ट युजीसीको नियम अनुरूप हुनका साथै राष्ट्रिय क्रेडिट संरचना/ राष्ट्रिय कौशल योग्यता संरचना (एनएसक्युएफ) अनुरूप बनाइएको छ। यसमा एकभन्दा धेरै निकासविन्दुको प्रावधान छ, जस्तै प्रथम वर्षको पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि स्नातकपूर्व प्रमाणपत्र, प्रथम एवं दोस्रो वर्षको पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि स्नातकपूर्व डिप्लोमा र तीन वर्षको समय सीमाभित्र सबै पाठ्यक्रम पूरा गरेपछि डिग्रीको प्रावधान राखिएको छ।
कार्यक्रमको संरचनालाई सम्बन्धित नियामक एकाइहरू जस्तै अखिल भारतीय प्राविधिक शिक्षा परिषद (एआइसीटीई) र पेशागत शिक्षा एवं प्रशिक्षण राष्ट्रिय परिषद (एनसीभीईटी) र विश्वविद्यालय अनुदान आयोगले (युजीसी) मान्यता प्रदान गरेको छ। ईग्नूले युजीसीको नियम अनुरूप डिग्री प्रदान गर्नेछ (बीए; बीकम; बीए (पेशागत) ; बीए (पर्यटन प्रबन्धन) तथा यसलाई शिक्षा अनि रोजगारको निम्ति दुवै भारत अनि विदेशमा मान्यता दिइनेछ।
उद्यमिता एवं रोजगारको निम्ति कौशल विकास
कौशल विकास एवं उद्यमिता मन्त्रालयका साथमा कौशल भारतले अन्य लोकसेवाका लागि उपयुक्त हुने गरी अतिरिक्त कौशल प्रदान गर्न सशस्त्र बलको विभिन्न शाखासँग मिलेर काम गर्नेछ। अग्निवीरहरूले सेवाकालमा कौशल भारतको प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले सेवाकालपछि अर्थनीतिमा सिर्जना हुने उद्यमिताका साथमा अन्य रोजगारको भूमिकामा विविध अवसरको फाइदा उठाउन सक्षम बनाउनेछ।
कौशल भारतको सबै सङ्गठन जस्तै प्रशिक्षण महानिर्देशालय (डीजीटी), राष्ट्रिय कौशल विकास निगम (एनएसडीसी), विभिन्न क्षेत्रका कौशल परिषद, उद्यमिता संस्थान एनआइईएसबीयुडी र आइआइईका साथमा कौशल नियामक एनसीभीईटीलाई यस अभ्याससँग अग्निवीरहरूले सेवाकालमा सम्बन्धित पेशा अनुरूप कौशल प्रमाणपत्र सुनिश्चित गर्नका लागि जोडिनेछ। सेवाकालमा सिकिएका सिकिएका केही कौशलको एनएसक्युएफको पाठ्यक्रमसँग प्रत्यक्ष रूपमा समतुल्य मानिनेछ। केही अन्यका लागि, सेवाकालको अनुभवका साथमा केही अनलाइ अनि अफलाइन, सैद्धान्तिक वा केही कौशल आवश्यक पर्नसक्नेछ। यी विवरणका साथमा शस्त्र बलका प्रशिक्षक अनि प्रशिक्षण मूल्याङ्कनकर्ताको प्रशिक्षणका साथमा मूल्याङ्कन एवं प्रमाणिकरणका लागि कार्य गरिँदैछ। सेवाकालको समाप्तिपछि बाहिरिने समय, सम्पूर्ण कौशल ईकोसिस्टम यी युवा अग्निवीरका लागि खुल्ला रहनेछ, जसले कैयौं कौशल उन्नयन/ विविध कौशल प्रशिक्षणका साथमा उद्यमिता पाठ्यक्रमबाट लाभान्वित बन्नेछन्।
अग्निवीरका लागि क्रेडिट सुविधा
आफ्नो सेवाकाल पूरा गरेपछि अग्निवीरहरूलाई कुन ब्याङ्क वा वित्तीय संस्थानले सहयोग गर्नसक्छ भन्ने तरिका चिन्हित गर्, वित्तीय सेवा विभागका सचिवले सार्वजनिक क्षेत्र ब्याङ्क (पीएसबी), सार्वजनिक क्षेत्र बीमा कम्पनी (पीएसआइसी) र वित्तीय संस्थानका (एफआइ) प्रमुख कार्यकारीसँग बैठक गरे। बैठकमा पीएसबी, पीएसआइसी र एफआइले अग्निवीरहरूका लागि उपयुक्त क्षमता अनि शैक्षिक योग्यताका साथमा कौशलका साथमा उपयुक्त छूट अनि लाभ आदिका साथ रोजगार अवसरहरू तय गर्ने निर्णय लिइयो।
यसका साथै ब्याङ्कहरूले अग्निवीरहरूलाई कौशल उन्नयन, शिक्षाका लागि उपयुक्त क्रेडिट सुविधाका साथ कारोबार गर्न वा स्वरोजगारका लागि सम्भावनाको खोजी गर्ने पनि तय गरि.। सरकारको विद्यमान योजनाहरू जस्तै मुद्रा, स्ट्याण्ड अप इण्डिया आदि पनि अग्निवीरहरूलाई सहयोग गर्न विस्तार गरिनेछ।
राज्य पुलिस बलमा भर्तीको समय प्राथमिकता
कैयौं राज्य सरकारले अग्निवीरहरूलाई सशस्त्र बलमा 4 वर्षको सेवा पूरा गरेपछि राज्य पुलिस बलमा भर्तीको समय प्राथमिकता दिने घोषणा गरेका छन्। सशस्त्र बलमा प्रशिक्षण लिएका अनुशासित अग्निवीरहरूबाट उग्रवाद, नक्सलवादका साथमा प्राकृतिक आपदा जस्ता समस्यालाई सम्बोधित गर्न राज्य पुलिसको निम्ति धेरै लाभकारी साबित हुनेछ।
करपोरेट जगतले अग्निवीरहरूको प्रशिक्षण अनि कौशलको सदुपयोग गर्ने
कैयौं करपोरेट घराना अनि औद्योगिक निकायले सशश्त्र बलमा नयाँ अनि रूपान्तरणकारी भर्ती प्रक्रियाको स्वागत जनाएका छन्। प्रशिक्षित साथै अनुशासित एवं प्राविधिक रूपमा सम्पन्न सशस्त्र बलमा सेवा पूरा गरेका युवाहरू सङ्गठनका लागि बहुमूल्य सम्पत्ति साबित हुने बताएका छन्।(पीआइबी)