तीनै सेनाको घोषणा- अग्निपथ योजना कूनैपनि मूल्यमा फिर्ता हुनेछैन

Spread the love

नयाँ दिल्ली, 19 जून। रक्षा मन्त्री राजनाथ सिंहको साथ आइतवार अग्निवीर भर्ती योजनाको समीक्षा गरेपछि अग्निपथ योजना कुनैपनि मूल्यमा फिर्ता नहुने घोषणा गरिएको छ। तीनै सेनाको तर्फबाट साझा प्रेस कन्फ्रेन्स गरी अग्निवीरहरूको भर्ती योजनाबारे आन्दोलनकारीहरूलाई विस्तारमा सम्झाउने प्रयास गरियो। भारतीय सेनालाई यस समय युवाहरूको खाँचो छ, यो सुधार लामो समयदेखि लम्बित थियो। आज भारी संख्यामा जवान आफ्नो जीवनको तेस्रो दशकमा छन् यसैले सेनामा औसत आयु 26 वर्ष गर्नका लागि यो योजना ल्याइएको हो।

अग्निपथ य़ोजनामा साझा प्रेस कन्फ्रेन्सको शुरूआत सैन्य मामिलाहरूको विभागका अतिरिक्त सचिव लेफ्टिनेन्ट जनरल अनिल पुरीले गरे। उनले भने, ‘योजनाको घोषणा भएपछि विभिन्न मन्त्रालयहरू र विभागहरूको निम्ति घोषित गरिएको आरक्षणको सम्बन्धमा घोषणाहरू पूर्व नियोजित थियो। यी घोषणाहरू अग्निपथ योजनाको घोषणापछि देशभरिमा भएको आगजनी, हिंसा र तोड़फोड़को प्रतिक्रियामा गरिएको छैन। भारतीय सेनाको नीवंमा अनुशासन छ, यसैले आगजनी, तोड़फोड़को निम्ति कुनै ठाउँ छैन। प्रत्येक व्यक्तिले एक प्रमाण पत्र दिनेछ कि व्यक्ति विरोध वा बर्बरताको हिस्सा थिएन। पुलिस वेरिफिकेशन 100 प्रतिशत छ, त्यसबिना कोहीपनि सामेल हुनसक्दैन। कोचिङ संस्थानले छात्रहरूलाई भड्काईरहेछ र उकसाईरहेछ तर उनीहरूले हिंसा र प्रदर्शनमा हिस्सा लिनु हुँदैन’।

लेफ्टिनेन्ट जनरल अनिल पुरीले भने, ‘भारतीय सेनालाई यस समय युवाहरूको आवश्यकता छ, यो सुधार 1989 देखि लम्बित थियो। यस योजना अन्तर्गत हामी सेनामा रहेका सैनिकहरूको अनुभवको साथ युवावस्थालाई लिन चाहन्छौं। आज सेनामा जवानहरूको औसत आयु लगभग 32 वर्ष छ तर आउने 6-7 वर्षमा यो अझ् कम भएर 26 वर्ष हुनेछ। देशका युवाहरूको क्षमताको प्रयोग गर्नका लागि उनीहरूलाई भविष्यको सैनिक बनाउने आवश्यकता छ। यस साल 40 हजारदेखि शुरू हुने भर्तीबाट निकट भविष्यमा सेनाहरूमा अग्निवीरहरूको संख्या 1.25 लाख हुनेछ। बुनियादी क्षमताको निर्माण गर्नका लागि हामीले योजनाको विश्लेषण गर्नका लागि 46 हजारदेखि शुरूआत गरेका छौं। आगमी 4-5 वर्षमा प्रतिवर्ष 50-60 हजार र पछि बढ़ेर 90 हजारदेखि 1 लाख हुनेछ’।

सैन्य मामिलाहरूको विभागका अतिरिक्त सचिवले भने, ‘हामी यस सुधारको साथ सेनामा युवावस्था र अनुभवलाई साथ लिन चाहन्छौं। सेनामा अनुशासनहीनताको कुनै ठाउँ छैन यसैले अग्निवीरहरूलाई पनि कुशल प्रशिक्षणका साथै मानसिक, शारीरिक र अनुशासनमा रहने पनि प्रशिक्षण दिइनेछ’। अग्निवीरहरूलाई प्राप्त हुने भत्ताबारे उनले भने, ‘अग्निवीरलाई सियाचिन र अन्य क्षेत्रहरू जस्ता क्षेत्रहरूमा त्यही भत्ता प्राप्त हुनेछ, जुन वर्तमानमा सेवारत नियमित सैनिकहरूले पाउछन्। सेवा शर्तहरूमा उनीहरूको साथ कुनै भेदभाव गरिनेछैन। देशको सेवामा आफ्नो जीवन न्योछावर गर्ने ‘अग्निवीर’ लाई एक करोड़ रूपियाँको क्षतिपूर्ति दिइनेछ’।

लेफ्टिनेन्ट जनरल बंशी पुनप्पाले भने, ‘सेनामा अग्निवीरहरूको भर्तीको निम्ति 1 जुलाईको दिन नोटिफिकेशन जारी हुनेछ, जसपछि मानिसहरूले रजिस्ट्रेशन शुरू गर्नसक्छन्। भर्तीको निम्ति पहिलो ऱ्याली अगस्तको दोस्रो सातादेखि शुरू हुनेछ, जसमा फिजिकल टेस्ट र मेडिकल हुनेछ। त्यसपछि एन्ट्रेस एग्जाम हुनेछ र फेरि उनीहरूलाई कलममा मेरिटको हिसाबले पठाइनेछ। अगस्तदेखि लिएर नोभेम्बरसम्म 2 ब्याचमा ऱ्यालीहरू हुनेछ। पहिलो लटमा 25 हजार अग्निवीर दिसम्बरको पहिलो सातामा आउनेछन्। अग्निवीरहरूको दोस्रो लट फरवरीमा आउनेछ। देशको हरेक राज्यमा हरेक अन्तिम गाउँसम्म कूल 83 भारतीय ऱ्यालीहरू हुनेछ। वायु सेनामा 24 जूनदेखि बहाली शुरू हुनेछ, जबकि नेवीमा बहालीको निम्ति 25 जूनमा नोटिफिकेशन आउनेछ’।

नौसेनाको वाइस एडमिरल दिनेश त्रिपाठी अनुसार, आगामी दुई-तीन तीनमा 25 जूनसम्म हाम्रो विज्ञापन मन्त्रालयसम्म पुग्नेछ। 21 नोभेम्बरमा नेवीको अग्निवीरको पहिलो ब्याच आईएन एसचिल्का ओडिसामा रिपोर्ट गर्नु शुरू गर्नेछ। हामी महिलाहरूलाई पनि अग्निवीर बनाईरहेका छौं’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *