‘अग्निपथ’ योजना युवाहरू र सेनाको हितमा छैन- प्रियंका गान्धी

Spread the love

नयाँ दिल्ली, 19 जून। कांग्रेस महासचिव प्रियंका गान्धीले आइतवार केन्द्र सरकारको सेनामा भर्तीसित जुड़ेको ‘अग्निपथ’ योजना युवाहरू र सेनाको हितमा छैन र यस प्रकारको जनविरोधी सरकारलाई सत्ताबाट हटाउनुपर्छ भनेकी छन्। कांग्रेसले ‘अग्निपथ’ योजना विरूद्ध युवाहरूको समर्थनमा आइतवार सत्याग्रह नामले दिल्लीको जन्तर-मन्तरमा धरना प्रदर्शन गऱ्यो। यस अवधिमा कांग्रेस नेताहरूले सेनामा भर्तीसित जुड़ेको यस नयाँ योजनालाई फिर्ता लिइने माग गरे। धरना-प्रदर्शनमा कांग्रेस सांसदहरू र पार्टी कार्यसमितिका पदाधिकारीहरूले भाग लिए।

पार्टी महासचिव प्रियंका गान्धी पनि प्रदर्शनमा भाग लिन जन्तर-मन्तर पुगिन्। आफ्नो सम्बोधनमा उनले भनिन्, ‘अग्निपथ’ योजनाले देशका युवाहरूलाई मार्नेछ। यस योजनाले सेना समाप्त हुनेछ। जनताले लोकतान्त्रिक तरीकाले वर्तमान केन्द्र सरकारलाई ढाल्नुपर्छ’। प्रियंकाले कवि हरिवंश राय बच्चनको ‘अग्निपथ’ नाम गरेको कविताको केही पंक्तिहरू पनि पढ़िन्। उनले भनिन्, ‘कांग्रेस पार्टीले देशका युवाहरूको पीड़ा बुझिरहेछ। पार्टी उनीहरूको साथ खड़ा छ र लोकतान्त्रिक तरीकाले सरकारको विरोध जारी राख्ने आह्वान गर्दछ’। उनले युवाहरूसित हिंसाको मार्ग नअपनाउने अपील गरिन्।

धऱनामा पार्टीका लोकसभामा नेता अधीर रन्जन चौधरीले भने, ‘अग्निपथ योजना दिशाहीन छ र युवाहरूले हिंसाको स्थानमा अहिंसाको मार्ग अपनाउँदै यसको विरोध गर्नुपर्छ। देशलाई आफ्नो सेना र उसका जवानहरूमाथि गर्व छ। वर्तमान सरकारले नौजवानहरूको फौजी बन्ने सपना तोड़िरहेछ। यस्तोमा उनीहरूलाई साथ दिनु हाम्रो कर्तव्य हो। देशले वर्तमानमा दुई फ्रन्टमा लड़ाई लड़िरहेछ र यस अवधिमा सरकारको सेनाको साथ खेलवाड़ा सही होइन’।

‘सत्याग्रह’ मा पार्टी नेताहरूले एक-एक गरी आफ्नो पक्ष राखे। कांग्रेस नेता अजय माकनले भने, ‘सरकारले युवाहरूको रोजगारसित खेलवाड़ गरिरहेछ। अग्निपथ योजनालाई ल्याउनअघि सरकारले सबैको साथ विमर्श गरेन’।

कांग्रेस नेता दिपेन्द्र हुड्डाले भने, ‘योजना विरूद्ध भईरहेको हिंसा र आगजनीको निम्ति केन्द्र सरकार जिम्मेवार छ। योजनाले देशको राष्ट्रिय सुरक्षासित पनि समझौता गर्दछ’।

पार्टी नेता सचिन पायलटले भने, ‘सरकारले योजनालाई पेन्शन बिल घटाउनका लागि ल्याएको हो र यसअघि कुनै विशेष चर्चा गरिएन’।

पार्टी नेता सलमान खुर्शीदले भने, ‘युवाहरूले योजनाको विरोधमा हिंसा गर्नु हुँदैन। कांग्रेस पार्टी उनीहरूको साथ छ र हामी योजनालाई फिर्ता नलिञ्जेलसम्म संघर्ष गरिरहनेछौं’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *