खरसाङ, 20 मई। टुङ-सन्त मेरिज समष्टि अन्तर्गत बगैंचाटारबाट 22 घर र बालासन लामा गाउँबाट 9 घर गरी मोठ 31 घरले गोरामुमो अनि गोजमुमो पार्टीलाई छाड़ेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन जनाए। उनीहरूलाई उपस्थित पार्टीका प्रतिनिधिहरूले खदा लगाएर अनि झण्डा प्रदान गरेर पार्टीमा सामेल गराए। यस विषयलाई लिएर आज बगैंचाटारमा समष्टि अध्यक्ष नुरी शेर्पाको सभापतित्वमा एक समर्थन सभाको आयोजना गरिएको थियो।
सभामा भागोप्रमो केन्द्रिय सांगठनिक सचिव रतन थापा, खरसाङ महकुमा सचिव प्रणाम रसाइली लगायत अन्यहरू उपस्थित थिए। सभालाई सम्बोधन गर्दै वक्ताहरूले यस सुदूर गाउँको समस्या समाधान गर्न भागोप्रमो कटिबद्ध रहेको जनाए। उनीहरूले अनित थापाको कुशल नेतृत्वमा गठित यस पार्टीले जनताको सबै दु:ख अनि पीर मार्कालाई बुझेर उनीहरूको उद्धारको निम्ति कार्य गर्ने संकल्प लिएर अघि बढ़ीरहेको बताए।-हिस