कालेबुङ जिल्लाबाट विजयी तीन निर्दलीय सभासदहरु भागोप्रमोमा सामेल

Spread the love

कालेबुङ, 05 जुलाई। कालेबुङ जिल्लाका तीन निर्दलीय सभासद क्रमैले 34 नम्बर समष्टिका विकास राई, 38 नम्बर समष्टिका कुमार शर्मा अनि 39 नम्बर समष्टिका विरे राई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। कालेबुङ जिल्ला समितिका महासचिव विनय घिसिङले जानकारी दिए अनुसार, तीनजना निर्दलीय सभासदले पत्रमार्फत भागोप्रमोको बोर्डलाई समर्थन दिने जनाएपछि केन्द्रिय नेतृत्वको परामर्श अनुसार उनीहरुलाई पार्टीमा सामेल गरियो।

तीनैजना निर्दलीय सभासदले पत्रकारहरूलाई बताए अनुसार, उनीहरू जनताको मागमा भागोप्रमोमा सामेल भएका हुन्। विकास राईले आफु जनताको सेवा गर्न निस्किएको र जनताको माग अनुसार नै यो निर्णय लिएको बताए।

कुमार शर्माले भने, म 2017 देखि नै अनित थापाको साथमा थिए। अनित थापाको सोच अनि विचारलाई समर्थन दिँदै आज सामेल भएको छु। एक्लो बसेर क्षेत्रको काम गर्नु सकिॅंदैन। मलाई भोट दिनेहरू 80% भागोप्रमोका समर्थकहरू नै थिए। यसका साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभासदहरूको संख्या बढ़ेर 30 पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *