208औं भानुजयन्ती समारोह 9 देखि 13 जुलाईसम्म आयोजन गरिने

208औं भानुजयन्ती समारोह 9 देखि 13 जुलाईसम्म आयोजन गरिने

Spread the love

गान्तोक, 07 जुलाई। 208औं भानुजयन्ती समारोह नेपाली साहित्य परिषद सिक्किमले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका प्रतिनिधिलाई समावेश गरेर मनाउने तयारी शुरु गरेको छ। 9 देखि 13 जुलाईसम्म आयोजन गरिने समारोह भाषिक एकताः जातीय सद्भावको रुपमा पालन गरिने नेपाली साहित्य परिषदका अध्यक्ष तथा भानुजयन्ती समारोह समितिका उपाध्यक्ष रुद्र पौड्यालले जानकारी दिएका छन्।

208औं भानुजयन्तीको अवसरमा वर्ष 2022 को भानु पुरस्कार कोशकार केएन शर्मा र 2021 को भानु पुरस्कार दिल कुमारी भण्डारीलाई प्रदान गरिनेछ। नेपाली साहित्य परिषदले यस वर्षदेखि भोटिया र लेप्चा भाषा साहित्यका एक-एक जना साहित्यकारलाई भाषा गौरव सम्मान प्रदान गर्ने भएको छ। यसपल्ट यो सम्मान दोर्जी रिञ्छेन भोटिया र ओटी लेप्चालाई प्रदान गरिने अध्यक्ष पौड्यालले जानकारी दिए।

यसरी नै विभिन्न व्यक्तित्वलाई सेवा श्री सम्मान र पद्मश्री पुरस्कार प्रापक थाङ्का चित्रकार खाण्डु वाङ्चुक भोटियालाई अभिनन्दन जनाइनेछ। 9 देखि 13 जुलाईसम्म आयोजन हुने समारोहका लागि नेपाल, म्यानमार र थाइल्याण्डबाट प्रतिनिधि आउने तय भइसकेको पनि अध्यक्ष रुद्ध पौड्यालले जानकारी दिएका छन्। आयोजक समितिले 208औं भानुजयन्ती समारोहमा भाग लिइदिन सबैलाई आग्रह पनि गरेको छ।

Leave a Reply

Your email address will not be published.