सांसद राजु विष्टले मुख्यमन्त्री तामाङसॅंग शिष्टाचार भेट गरे
गान्तोक, 29 अप्रेल । दार्जीलिङका लोकसभा सांसद राजु विष्टले मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग शिष्टाचार भेट गरेका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्। सांसद विष्टले बिहिवार सॉंझ मिन्तोकगाङमा मुख्यमन्त्रीसॅंग भेट गरेका हुन्।
मुख्यमन्त्री दार्जीलिङका एक युवा अनि उर्जावान सांसद राजु विष्टसॅंग भेटेर खुशी लागेको बताएका छन्। उनले सांसदलाई उनका भाविष्यका प्रयासहरूको निम्ति शुभेच्छा व्यक्त गर्दै सांसदले सोही समान उत्साहका साथ जनताको सेवा गर्न जारी राख्नेछन् भन्ने आशा व्यक्त गरेका छन।
यसैगरी, सांसद विष्टले पनि आफ्नो आधिकारिक फेसबुक पेजमा मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग भेट भएको जानकारी दिएका छन्। उनले मुख्यमन्त्रीसॅंग सिक्किमसहित दार्जीलिङ, तराई र डुवर्ससित सम्बन्धित धेरै मुद्दाहरूमाथि चर्चा गरेको पनि बताएका छन्। उनले चुनौतीहरूको सामना गर्दै सही सहकार्य र समन्वयका साथ दुवै क्षेत्रले विकास गरेर सॅंगै अगाड़ी बढ़्न सक्छौ भनी बताएका छन्।
उल्लेखनीय छ, दार्जीलिङका सांसद तथा भारतीय जनता पार्टी, युवा मोर्चाका राष्ट्रिय महासचिव राजु विष्ट ‘भारत दर्शन सुशासन यात्रा’ को निम्ति सिक्किम भ्रमणमा आएका छन्। उनको अगुवाईमा यात्रा टोलीले हिजो भारत-चीन सीमाना नथुला घाटी, छाङ्गु पोखरी तथा बाबा मन्दिरको भ्रमण गऱ्यो।