सरकार पक्षबाट सहयोग नपाएपछि सिटोङका गाउँलेहरू आफैले निर्माण गरे पुल

Spread the love

खरसाङ, 23 मई । खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायत अन्तर्गत अप्पर मामरिङको तल्लो गाउँमा सम्पूर्ण गाउँवासीहरू मिलेर आफै एउटा पुलको निर्माण गरेका छन्। सरकारी तौरमा र अन्य कतैबाट पनि सहयोग नपाएपछि आफै मिलेर गाउँलेहरूले पुल निर्माण गरेका छन्। धेरै समय अघिदेखि नै धेरै प्रयास गरिए तापनि कुनै विभागबाट पनि यस पुल बनिनु सकेको थिएन। यसैकारण आफ्नो गाउँ आफै बनाऊ भन्ने उद्देश्यले गाउँको 15-16 घर मिलेर यसलाई निर्माण गरिएको छ।

यस क्षेत्रबाट गाउँका नानीहरू स्कूल अनि मानिसहरू स्वास्थ्य केन्द्र, पञ्चायत अफिस जाने गर्छन्। तर खोलामा पुल नभएकोले धेरै असुविधा भइरहेको थियो। बर्खाको समयमा खोला एकदमै ठूलो हुने गर्दछ र अब वर्षाको समय आउन लागेकोले गाउँलेहरूले आफै मिलेर उक्त खोलामा पुल निर्माण गरेको जानकारी प्राप्त भएको छ। यस काममा सहयोग पुऱ्याउँने सम्पूर्ण मानिसहरू विशेषगरी प्रेमकुमार खवासलाई गाउॅंलेहरूले धन्यवाद दिएका छन्।-हिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *