विकास ढॉंचागत मात्र होइन, व्यवहारिक अनि सामाजिक आर्थिक आधारित हुनुपर्छ: एबी कार्की
मंगनस्थित जिल्ला प्रशासनिक केन्द्रमा मंगलवार सांसद आदर्श ग्राम योजना (एसजीएवाई) अन्तर्गत जिल्ला स्तरीय सशक्तिकरण कमिटी एवं ग्राम विकास योजनाको समीक्षा सभा बस्यो।
जिल्लापाल एवं नोडल अधिकारी डा. एबी कार्कीले लाइन विभागका अधिकारीहरूलाई जीपीयूको विकास गतिविधिहरूमाथि ध्यान केन्द्रित गर्न आह्वान गरे। उनले आगामी 10 मईसम्म सम्बन्धित विभागहरूले आफ्नो रिपोर्ट तयार पारेर बुझाउन लगाए। उनले नयॉं र पुराना काख लिइएका जीपीयूहरूको आधारभूत सर्वेक्षणमाथि काम गर्नुपर्ने बताए।
उनले विकास गतिविधिहरू ढॉंचागत मात्र नभएर व्यवहारिक अनि सामाजिक आर्थिक आधारित हुनुपर्छ भन्ने सुझाउ पनि राखे।