रूसले पोल्याण्ड, बुल्गारियालाई प्राकृतिक ग्यासको आपूर्ति रोक्यो
मस्को, 27 अप्रेल । रूसले पोल्याण्ड र बुल्गारियालाई बुधवारदेखि आफ्नो प्राकृतिक ग्यासको आपूर्ति बन्द गरेको छ। रूसले यो ठूलो कदम दुवै देशले प्राकृतिक ग्यासको निम्ति रूबलमा भुकतान गर्न खारेज गरेपछि उठाएको छ। पोल्याण्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले भनेको छ, ‘रूसको प्रमुख उर्जा कम्पनी गजप्रोमले 26 अप्रेलमा हामीलाई यस फसेलाको जानकारी दियो’। रूसको यस कदमले अमेरिकी प्राकृतिक ग्यासमा लगभग तीन प्रतिशतको वृद्धि भएको छ।