रंगमुक सिडर्स चियाबारीका श्रमिकहरू दुई महिनादेखि तलब बिनै काम गर्नु परिरहेको गुनासो
सोनादा, 27 अप्रेल (हि.स.)। सोनादा क्षेत्रको रंगमुक-सिर्डस चियाबारीका श्रमिकहरूले विगत दुई महिनादेखि तलब पाएका छैनन्। श्रमिक मात्र होइनन्, तर कमानका स्टाफहरूले पनि वेतन पाएका छैनन्। दिनभरि पसिना बगाएर पनि आफ्नो श्रमको मूल्य नपाएपछि श्रमिकहरूले धेरै समस्या झेल्नु परिरहेको छ।
सय वर्षभन्दा पुरानो यो चियाबारीमा लगभग 1500 जना श्रमिकहरू छन्। यो चियाबारी बन्सल कम्पनी अधीनस्थ रहेको छ। यस बगानका श्रमिकहरूले विगत दुई महिनादेखि तलब नपाएको दाबी गरिएको छ। तलब नपाएपछि चियाबारीका श्रमिकहरूले विभिन्न समस्याहरू झेलिरहेका छन्।
चिया श्रमिकहरूले बगानको कमाइकै भरमा आफ्ना छोरा-छोरीहरूलाई गुणात्मक शिक्षा दिलाउन शहरका विद्यालयहरूमा भर्ना गरेका छन्। एकातिर, छोरा-छोरीहरूलाई दैनिक रूपमा गाडीमा पठाउनु पर्छ र खाजा भुजा खाने पैसा पनि दिनुपर्छ भने अकोतिर श्रमिकहरूले दुई महिनादेखि तलब पाएका छैनन्। यस कारण विशेषगरी गरीबी रेखामुनिका परिवारहरूले निकै कठिनाइ झेल्नु परिरहेको छ।
कतिपय पीड़ित परिवारहरूले अब नानीहरूको शिक्षालाई लिएर सोच्नु पर्ने स्थितिसम्म आइपरेको श्रमिकहरू बताउॅंछन्। राजनैतिक दलहरूले पनि केवल सान्तवना मात्र दिइरहेको र कुनै ठोस कार्य भने नगरिदिएको पीड़ित श्रमिकहरूको गुनासो छ। ‘भाषणमा ठूलो-ठूलो कुरा गर्नु, जनतालाई नचाँहिदो सपना देखाउनु बाहेक अरू केही नाप्न सकेका छैनन्’- श्रमिकहरू भन्छन्।
‘आज हाम्रो चियाबारीमा तलब नपाउॅंदै श्रमिकहरू भोकै छन्। श्रमिकका छोरा-छोरीहरूको भविष्य अनिश्चित बनेको छ। तर, यस बेला राजनैतिक पार्टी र नेताहरूलाई कुनै सरोकार छैन। कमिशन खान श्रमिकहरूको सम्झाना त केवल बोनसको समयमा मात्र आउॅंछ। घरबाट स्कूलसम्म पुग्नु नानीहरूलाई गाडी भाडा लाग्छ। खाजा खाने पैसा दिनुपर्छ। चियाबारीका श्रमिकहरूले कसरी जीवन धानिरहेका छन्, त्यो कुरा न कुनै नेता, न कुनै राजनैतिक दल, न नै चियाबारीका प्रबन्धक र मालिक पक्षे बुझ्न सक्छन्’- पीड़ित श्रमिकहरू यसरी आफ्ना दुखेसो व्यक्त गर्छन्।
पत्रकारहरूसित कुराकानी गर्दै श्रमिकहरूले चॉंड़ोभन्दा चाँड़ो तलब दिनुपर्छ भन्ने माग मालिक पक्ष समक्ष गरेका छन्। जानकारी गराइए अनुसार, श्रमकहरू दैनिक रोज 202 रुपियाँ छ। तर त्यो पनि समयमा पाएका छैनन्। बगानबाट पाउनु पर्ने धेरै कुराहरूबाट पनि श्रमिकहरू वंचित छन्। श्रमिकहरू पीएफ काटिॅंदैछ, तर पीएफ जमा भएको छैन। तर, श्रमिकहरू अब अझ सहन् गर्ने मनोस्थिति छैनन्। ‘बगानले हामीलाई हेप्छ भने हामी आन्दोलन अझ तीव्र गर्नेछौं’- उनीहरूले भनेका छन्।