म्यान्मारकी अपदस्थ नेता आङ सान सूकीलाई भ्रष्टाचारको पहिलो केसमा पाँच वर्षको सजाय
नेपीटा, 27 अप्रेल। नोबल पुरस्कार विजेता आङ सान सूकीलाई सैन्यशासित म्यान्मारको अदालतले भ्रष्टाचारको दोषी ठहर गर्दै सजाय सुनाएको छ। म्यान्मारका एक विधि अधिकारीले भने, ‘अपदस्थ नेता आङ सान सूकीलाई भ्रष्टाचारको पहिलो मामिलामा पाँच वर्षको जेलको सजाय सुनाइएको छ’। उल्लेख्य, म्यान्मारको सैन्य सरकारले सूकी विरूद्ध मुकदमाहरूको सुनवाई बन्द कमरामा गराईरहेछ।
सूकीलाई गत साल फरवरीमा सैन्य सत्ता परिवर्तनपछि हटाइएको थियो। अब उनलाई 15 वर्षसम्मको जेल र जरिमानाको सामना गर्न परिरहेछ। उनी विरूद्ध भ्रष्टाचारको 11 आरोपमध्ये यो पहिलो केस हो। यी मामिलाहरूमा प्रत्येकमा अधिकतम 15 वर्षको सजायको प्रावधान छ।
आङ सान सूकीका समर्थकहरू र स्वतन्त्र विधि विशेषज्ञहरूले सजायको फसेलाको निन्दा गर्दै यसलाई अनुचित ठहर गरेका छन्। यिनीहरूले यस फसेलालाई 76 वर्षीय सूकीलाई राजनीतिबाट हटाउने उद्देश्यले उठाइएको कदम बताएका छन्। उनलाई अन्य मामिलाहरूमा अगावै छह वर्ष कैदको सजाय सुनाइएको छ।-हिस