पार्टीलाई बलियाे बनाउन वार्ड स्तरीय समितिले एकजुट भएर काम गर्नुपर्छ: कला सुब्बा
नाम्ची, 27 अप्रेल। दक्षिण सिक्किमकाे नाम्ची-सिगीथाङ समष्टिअन्तर्गत सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथस्तरीय समिति गठन गर्न आज अप्पर कोप्चेमा सभा सम्पन्न भयाे। सभामा अप्पर काेप्चे र लाेवर काेप्चेकाे वार्डस्तरीय समितिकाे समिक्षात्मक चर्चा-परिचर्चा पनि गरिएकाे थियाे। यस समिति गठन सभामा स्थानीय वरिष्ठ नागारिक भीमसिंह राई, हर्कबहादुर राई र इन्द्रमणि राई मुख्य अतिथि रहेका थिए।
यसरी नै समिति गठन कार्यक्रममा नाम्ची नगर परिषदका अध्यक्ष एवं नाम्ची-सिगीथाङकाे एसकेएम पार्टीका प्रभारी गणेश राई, सीएलसी अध्यक्ष टासीदोर्जी तामाङ, दक्षिण सिक्किम नारी शक्ति उपाध्यक्ष कला सुब्बा, पार्टीकाे दक्षिण जिल्ल महासचिव अरूण राई, समष्टि नारी शक्ति महासचिव लासाेङ तामाङ, सीएलसी सञ्याेजक दावा तामाङ, पार्टी कर्याकर्ताहरू आदिकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।
सभामा सम्बाेधन गर्दै नारी शक्ति उपाध्यक्ष कला सुब्बाले बुथस्तरीय समिति गठन साथै वार्डस्तरीय समीक्षा सभा पार्टी अध्यक्षकाे दिशा निर्देशमा सम्पन्न भएकाे जानकारी गराइन्। पार्टीलाई बलियाे बनाउन वार्ड स्तरीय समितिले एकजुट भएर काम गर्नुपर्ने कुरामा बल दिँदै समष्टिमा पार्टीलाई बलियाे बनाउन प्रत्येक समितिका सदस्यहरूकाे ठूलाे जिम्मेवारी रहेकाे बताइन्। पार्टी अध्यक्ष पीएस गाेलेले सिक्किमका सम्पूर्ण नारी शक्तिहरूलाई धेरै महत्व दिएकाे बताउँदै सरकारले नारी विषय लागू गरेका याेजनाहरूकाे जानकारी गराइन्।
सभामा वरिष्ठ नागरिक हर्कबहादुर राईले गाउँलेहरूले सामना गर्नु परिरहेका समस्याहरूमाथि आफ्नाे विचार राखे। सरकारले गरीब जनताहरूकाे स्वास्थ्यलाई ध्यान राख्दै गुणस्तरीय अस्पताल बनाइ दिएकाेमा धन्यवाद दिए। यस क्रममा सीएलसी अध्यक्ष टाँसीदोर्जी तामाङले वुथस्तरीय समितिकाे उद्देश्य साथै विशेषताहरूबारे सभामा राखे। सभा आयाेजना गर्नुकाे मूल उदेश्य गाउँ-घरका जनताहरूसँग भेटघाट गर्नु र जनताका समस्याहरू विषय छलपल गर्न रहेकाे बताए।
वुथस्तरीय समितिका सदस्यहरूले आफ्नाे वार्डका प्रत्येक मतदाताहरूकाे समस्यहरूकाे समाधान गर्नु नै समितिकाे मूल उदेश्य हाे भन्दै उनले वार्डकाे गुणस्तरीय विकास गर्न वार्ड पन्चायतसँग मिलेर काम गर्ने वार्डस्तरीय समितिलाई अनुराेध गरे। एसकेएम सरकारले प्रगतिशील कृषकहरूलाई कृषि क्षेत्र उन्नत बनाउन प्रोत्साहन राशि प्रदान गर्ने गरेकाे अवगत गराए।
यसैगरी, प्रभारी गणेश राईले आउँदाे महिनाकाे 15 तारिकसम्म सम्पूर्ण वुथस्तरीय तथा वार्डस्तरीय समितिकाे लेखा-जाेखा सरकार समक्ष बुझाउनु पर्ने बताए। वुथस्तरीय समिति, वार्ड स्तरीयसमिति साथै सीएलसीमाझ राम्रो तालमेल बनाई काम गर्नुपर्ने उनले उल्लेख गरे। उनले अन्तरक्रिया सत्रमा उठेका कुराहरूकाे पनि स्पष्टिकरण दिएका थिए।-हिस/किशन छेत्री