पश्चिम बंगालमा माओवादीहरूको पोस्टर उद्धार

पश्चिम बंगालमा माओवादीहरूको पोस्टर उद्धार

Spread the love

कोलकाता, 28 अप्रेल। पश्चिम बंगालमा माओवादीहरूले पोस्टर टाँसेका छन्। झाड़ग्राम जिल्लाको बिनपुर थाना अन्तर्गत आकाश कान्थी मोड़मा सेतो कागजमा रातो मसीले लेखिएको पोस्टर पर्खालमा टाँसिएको भेटिएको छ। जसमा लेखिएको छ, ‘08 अप्रेलमा बन्द विरोधी प्रचारको निम्ति विकास महतो र चरण मण्डीलाई लिएर जनताको आदालतमा विचार गरिनेछ। सरकारी योजनाहरूको लाभ तृणमूल नेताहरूलाई किन दिइएको छ। विकास महतो र चरण मण्डीले जवाफ देउ’।

यस बाहेक अझ् एक पोस्टर फेला परेको छ। जसमा लेखिएको छ, ‘क्षेत्रका गरीब मानिसहरूको रूपियाँ लुट्ने तृणमूल नेताहरूलाई जनताको अदालतमा खड़ा गरी जवाफ दिइनेछ’। पुलिसले बिहिवार बिहान पोस्टर जफत गरी जाँच शुरू गरेको छ। पुलिसले यी पोस्टरहरूलाई फर्जी बताइरहेछ र यो माओवादीहरूको नभएर अरूको हो भनी दाबी गरिरहेछ। उल्लेख्य, मुख्यमन्त्री ममता ब्यानर्जीले एक दिनअघि भनेकी थिइन्, ‘बंगालमा माओवादको नाममा विपक्षले पोस्टर लगाएर बदनाम गर्ने प्रयास गरिरहेछ’।-हिस

Leave a Reply

Your email address will not be published.