देशमा अहिलेसम्म 186.72 करोड़भन्दा धेरै कोरोनारोधी खोप लगाइयो
राष्ट्रव्यापी टीकाकरण अभियान अन्तर्गत मंगलवार बिहान आठ बजीसम्म 186 करोड़ 72 लाखभन्दा धेरै कोरोनारोधी खोप लगाइएको छ। यसैगरी, देशमा गत 24 घण्टामा 16.89 लाखभन्दा धेरै खोप लगाइयो।
केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा मंगलवार बिहान जारी आंकड़ा अनुसार राज्य अनि केन्द्र शासित प्रदेशहरूलाई कोरोनाको 192.27 करोड़ खुराक नि:शुल्क उपलब्ध गराइएको छ। राज्य र केन्द्र शासितहरूसित अझै पनि टीकाको 20.52 करोड़ खुराक उपलब्ध रहेको छ।