दार्जीलिङ नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन फोन नम्बर जारी
दार्जीलिङ, 27 अप्रेल। दार्जीलिङ नगरपालिका उपाध्यक्ष याङ्गजी शेर्पाले बुधवार पत्रकार सम्मेलनमा दार्जीलिङ नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन दार्जीलिङ नगरपालिका बोर्डद्वारा दुईवटा फोन नम्बर जारी गरिएको घोषणा गरेकी छन्। यसमध्ये एउटा नम्बर एण्टी करप्सन नम्बर रहेको बताउॅंदै यस नम्बरमा भ्रष्टाचार सम्बन्धित गुनासोहरू गर्न सकिने बताइन्। उनले अर्को नम्बर जनताको निम्ति हेल्पलाइन नम्बर रहने बताउइन्।
दार्जीलिङ नगरपालिका उपाध्यक्ष याङ्गगी शेर्पाले उक्त नम्बरहरुमा केवल वाट्सएप्स म्यासेज मात्र पठाउनु पर्ने, तर फोन कल नगरिदिन अनुरोध पनि गरिन्। जनताको साहयता अनि गुनासोको निम्ति हेल्पलाइन नम्बर- 8250458622 रहेको छ भने भ्रष्टाचार विरुद्ध शिकायत गर्न हेल्पलाइन नम्बर 9635266617 रहेको छ।