कृषि मन्त्रीको अमेरिका भ्रमणले सिक्किमलाई अन्तरराष्ट्रिय स्तरमा चर्चामा ल्यायो: आईपीआर
गान्तोक, 29 अप्रेल। राज्य कृषि एवं बागवानी विभाग मन्त्री लोकनाथ शर्माको हालमा जारी अमेरिका भ्रमणले सिक्किम राज्यलाई अन्तरराष्ट्रिय स्तरमा चर्चामा ल्याएको छ।
सिक्किमका कृषि समुदायलाई फाइदा पुऱ्याउने मुख्य उद्देश्यका साथ मन्त्री शर्माले निवेशकहरू, यूएस कम्पनीहरू, संयुक्त राज्य कृषि विभाग आदिहरूसॅंग व्यापक अभ्यास गर्न कुनै कसर बांकी छाड़ेका छैनन्। अमेरिकामा भारतीय मिडियाहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा सिक्किम सरकारले कृषि, बागवानी र पशुधन कृषि क्षेत्रमा गरिरहेका पथप्रदर्शक पहलहरूलाई उत्सुकतापूर्वक हेरिरहेको बताइएको छ।
अन्तरराष्ट्रिय मिडियाहरूले सिक्किममा पर्यटन, कृषि, बागवानी र पशुधनको क्षेत्रमा व्यापार सम्भावनाहरू अन्वेषण गर्न यूएस निवेशकहरू र कम्पनीहरूलाई निमन्त्रणा गरिएको कुरालाई प्राथमिकता दिइरहेका छन्। यसै क्रममा अमेरिकामा सिक्किम टोलीको वर्तमान भ्रमणलाई विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय मिडियाहरूले व्यापक रूपमा प्रकाशित गरिरहेको जानकारी आईपीआर विभागले दिएको छ।-हिस