एसपीवाईएफद्वारा 21 हजार रूपियॉं मासिक वेतन निर्धारित गरिनु पर्ने माग

एसपीवाईएफद्वारा 21 हजार रूपियॉं मासिक वेतन निर्धारित गरिनु पर्ने माग

Spread the love

सिक्किम प्रोग्रेसिभ यूथ फोरम (एसपीवाईएफ) ले महॅंगाईलाई ध्यानमा न्यूनतम ज्यालामा बढ़ोतरी गर्नुपर्छ भन्ने माग राखेको छ। राज्य सरकारले निर्धारित गरेको न्यूनतम ज्याला न्यायोचित नरहेको बताउॅंदै एसपीवाईएफले कम्तिमा पनि 735 रूपियॉं न्यूनतम ज्याला निर्धारित गरिनु पर्छ भन्ने सुझाउ पनि राखेको छ। एसपीवाईएफका महासचिव रूपेन कार्कीले राजधानीमा आज आयोजित एक संवाददाता सम्मेलनमा यस्तो माग राखे।

उनले वर्तमानमा जुन न्यूनतम ज्याला निर्धारित गरिएको छ त्यो एकदमै कम रहेको र यसबाट गुजारा चल्नु निकै कठिन पर्ने गरेको बताए। उनले वर्तमान अवस्थामा कम्तिमा पनि मासिक 21 हजार रूपियॉं वेतन प्रदान गरिनु पर्छ तब मात्र एक परिवारको बुनियादी आवश्यकताहरू पुरा हुन सक्नेछ भनी बताए। उनले आज महॅंगाई बढ़ेर दोब्बर भएको, तर हाजिरा भने त्यसको तुलनामा नबढेको बताए। उनले भने, सिक्किममा न्यूनतम ज्याला लगभग 300 रूपियॉं तय गरिएको छ। महिनामा 9 हजार रूपियॉं वेतन प्राप्त गर्नेहरूको संख्या निकै ठूलो छ। मेहनत परिश्रम गर्नेहरू दु:खमा बाचिरहेका छन् भने श्रम नगर्नेहरू राम्रो अवस्थामा जीवन व्यापन गरिरहेका छन्।

एसपीवाईएफले मासिक वेतन कम्तिमा पनि 21 हजार हुनुपर्छ भन्ने दाबी गर्दा मानिसहरूले कुन आधारमा 21 हजार हुनुपर्ने भन्ने प्रश्नहरू तेर्साएको उनले बताए। 15औं मजदूर सम्मेलनले मजदूरहरूको न्यूनतम मजदूरी कति हुनुपर्छ भन्ने निर्धारित गरेको कुरा अवगत गराउॅंदै सोही सम्मेलनले तय गरे अनुरूप वर्तमान समयको महॅंगाईको आधारमा एक जना मजदूरले दिनमा लगभग 735 रूपियॉं हाजिरा पाउनुपर्छ भनी उनले बताए। तर, अहिले धेरै युवाहरूले फार्मा कम्पनीहरूमा मासिक 9 हजार रूपियॉं काम गर्नु पर्ने बाध्यता रहेको छ भनी बताए।

उनले वर्तमान जुन हाजिरा तय गरिएको छ त्यसले हामी केवल बाचिरहेका छौ भनी बताए। उनले भने, किन हामीलाई बाच्नको निम्ति मात्र ज्याला दिइन्छ, किनभने भोलि पनि काममा आओस् भनेर। 300 रूपियॉं हाजिराले मर्न मात्र दिएको छैन। एति हाजिराले नानीहरू पनि बनाउन नसक्ने अवस्था आउन सक्छ। यसमा नानीहरूलाई राम्रो शिक्षा दिनै सक्दैनौ, बिरामी भए राम्रो उपचार दिन सक्दैनौ।

Leave a Reply

Your email address will not be published.